काठमाण्डौ । नेपाल स्टक एक्स्चेञ्ज लि.(नेप्से) ले नेप्सेको नाम र लोगो र भवनको तस्वीर प्रयोग गरेर एप र पेज र समूह बनाएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै हल्ला, उक्साहट, अनधिकृत च्याट–ग्रुप र क्लबहाउस र टेलिग्राम लगायतका आधारमा कारोबार नगर्न पनि आग्रह गरेको छ ।
सोमबार नेप्सेका प्रवक्ता मुराहरि पराजुलीद्वारा जारी प्रेस विज्ञप्तिमा नेप्सेको नाम र लोगो र भवनको तस्वीर प्रयोग गरेर एप र पेज र समूह बनाएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । साथै हल्ला, उक्साहट, अनधिकृत च्याट–ग्रुप र क्लबहाउस र टेलिग्राम लगायतका आधारमा कारोबार नगर्न पनि आग्रह गरिएको छ ।
‘केही समययता नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नाममा सामाजिक सञ्जालहरुमा सेयर बजार सम्बन्धी भ्रामक तथा अनधिकृत सामग्री, स्टक टिप, सेयर किनबेचका सिफारिस, नक्कली भिडियो र अडियो लगायतका झूठा दाबीहरु देखिन थालेका छन्। यस्ता गतिविधिले सर्वसाधारण लगानीकर्ताको मनोबलमा प्रतिकूल असर पार्छ।’,विज्ञप्तिमा भनिएको छ ।
‘यस सन्दर्भमा नेप्सेले कुनै पनि धितोपत्र किन्न वा बेच्न सल्लाह नदिने, प्रतिफलको ग्यारेन्टी नगर्ने, खरिद वा बिक्री गर्ने मूल्य नतोक्ने प्रष्ट पार्न चाहन्छौं। त्यस किसिमका सामग्री नितान्त भ्रामक र अनधिकृत हुन् ।’,सोमबार जारी विज्ञप्तिमा बताइएको छ ।
नेप्सेले सूचना र प्रेस–नोट नेप्सेको वेबसाइट र आधिकारिक सामाजिक सञ्जालबाट प्रकाशित गर्छ । नेप्सेको नाम अनधिकृत प्रयोग गर्ने, नेप्सेसँग मिल्दोजुल्दो नाम राखेर वेबसाइट चलाउने, एप बनाउने, च्याट ग्रुप बनाउने लगायतका कार्य दण्डनीय अपराध हुने प्रष्ट्याएको छ ।
हल्ला, उक्साहट, अनधिकृत च्याट–ग्रुप र क्लबहाउस र टेलिग्राम लगायतका आधारमा कारोबार नगर्नुहोस्।
नेप्सेको नाम र लोगो र भवनको तस्वीर प्रयोग गरेर एप र पेज रसमूह बनाइएका माध्यमहरुमा व्यक्तिगत विवरण नदिन, कसैलाइ पनि आफ्नो पासवर्ड नदिन पनि आग्रह गरिएको छ ।
शंकास्पद सामग्री देखिएमा स्क्रिनसट र लिङ्कसहित नेप्सेलाई info@nepalstock.com मार्फत जानकारी दिनका लागि अनुरोध गरिएको छ ।
.jpg)