लक्ष्मी सनराइज बैंकको शेयर १०० रुपैयाँमै कारोबार !

अर्थबिट २०८२-०३-२२ ०६:४७:०० बजे

काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडको शेयर प्रति कित्ता रु. १०० मै खरिदबिक्री भएको छ । 

लक्ष्मी सनराइज बैंक संस्थापक समूहतर्फको शेयर प्रति कित्ता रु. १०० मै कारोबार भएको हो । 

आइतबार उक्त बैंकको ३७ लाख ८१ हजार ५८ कित्ता ३७ करोड ८१ लाख ५ हजार ८०० रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से) ले जानकारी दिएको छ । 

लक्ष्मी सनराइज बैंकको उक्त प्रमोटर शेयर स्टक ब्रोकर नं. ४९ अनलाइन सेक्युरिटीज लि.बाट मात्रै खरिद भएको हो भने स्टक ब्रोकर नं. ४३ र १८ बाट बिक्री भएको हो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।